उद्योग वाणिज्य महासंघको निर्वाचन गर्ने कि सार्ने निर्णय १० दिनपछि हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सार्ने कि तोकिएको समयमा गर्ने भन्ने निर्णय १० दिनपछि टुंगो लाग्ने भएको छ । कोरोना भाइरसको कारण महासंघमा निर्वाचन सार्न दवाव छ । यसको लागि महासंघले शुक्रबार स्थाई समितिको बैठक बोलाएको थियो ।

स्थााई समितिको बैठकले १० दिनपछि उत्पन्न हुने अवस्थाको आधारमा निर्णय लिने भएको छ । महासंघमा उपस्थित स्थाई समितिको बैठकले १० दिनपछि कस्तो अवस्था आउने छ त्यो आधारमा निर्वाचन गर्ने कि सार्ने भन्ने निर्णय गर्ने भएको हो ।

यदी भाइरसको महामारी ठूलो भएमा निर्वाचन सर्ने र नियन्त्रण तर्फ लागेमा निर्वाचन गर्ने निर्णय हुने छ ।

महासंघमा नयाँ नेतृत्व चयनको लागि २८ र २९ गते निर्वाचन हुने निर्धारित कार्यतालिका छ । साधारणसभापछि विधान अनुसार अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन् भने बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

यस्तै महासंघले प्रदेश कमिटिको नेतृत्व चयन भने एक महासंघको केन्द्रको निर्वाचन गरेपछि गर्ने निर्णय गरेको छ । एक महिनापछि प्रदेश कमिटिको निर्वाचन गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु