लघुवित्त संघ नेपाल स्थापना, संयोजकमा पाेखरेल



काठमाडौ । लघुवित्त वित्तिय सस्थाका सञ्चालकले लघुवित्त संघ नेपाल स्थापना गरेका छन् । शुक्रबार उनीहरुले संघ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै फरवार्ड माईक्रो फाइनान्स कम्पनीका अध्यक्ष भगवती चौधरी सञ्चालक फरवार्ड बन्नका लागि संघ आवश्यक रहेको बताइन । लघुवित्तले गरेको राम्रो काममा पनि राज्यलगायत सरोकारवालाको हेर्ने नजर उस्तै रहेको बताइन ।

उनले वित्तीय साक्षरतासहित सदस्यता दिने गरेको उनको भनाइ छ । घरघरमा पुगेर वित्तीय साक्षरता दिने गरेको उनले बताइन् । संघ लघुवित्त कम्पनी मर्जर तथा इक्विजिसनमा जानका लागि छलफल अगाडि बढाउने छ ।

कार्यक्रममा संयोजक जगत पोखरेलले ३८ जना अध्यक्ष तथा सञ्चालक सहित संघ स्थापना गरेको बताए । लगानीकर्ताको लगानी सुरक्षित गराउन आवश्यक रहेकाले संघको स्थापना गरिएको उनको भनाइ थियो ।

सीईओहरुको संस्थालाई झन बलियो बनाउन संस्था खोलेको बताए । उनीहरुलाई काम गर्ने वातावरण बनाउनका लागि संघ आवश्यक भएको तर्क समेत गरे ।

कोरोना भाइरसका कारण प्रत्येक प्रदेशमा जान नसकिएको भन्दै उनले आगामी दिनमा देशव्यापी रुपमा जाने समेत बताए ।

सरकार, राष्ट बैकसँग समन्वय गरेर अघि बढन, व्यवस्थापन र कर्मचारीको मनोबल बढाउने काममा लाग्न पनि सस्था आवश्यक रहेको उनीहरुको भनाइ छ ।

पोखरेलले यसका विकृति विसंगति रोक्नका लागि नीतिगत विषयमा बल पुर्याउन संंस्था आवश्यक रहेको तर्क गर्दै र्माइmो फाइनान्समा भएको विकृति रोक्न संघको आवश्यकता औलाएका थिए ।

संघको तदर्थ समितिको अध्यक्षमा जगत बहादुर पोखरेल, उपाध्यक्षमा माणिक रत्न शाक्य र भगवती चौधरी, महासचिव बाबुराम विश्वकर्मा, सचिवमा अनन्त कुमार श्रेष्ठ र कोषाध्यक्षमा नरेश केसी रहेका छन् । यस्तै सदस्यमा बिमला उपाध्याय घिमिरे, बाबुराम थापा र किरण चौधरी छन् ।


क्लिकमान्डु