बजार पुँजीकरणः एनएमबिले एसबिआई र ग्लोबलले कृषि विकासलाई जितेर ‘टप टेन’मा परे



काठमाडौं । गत आर्थिक वर्षको अन्तिममा बजार पुँजीकरणमा मुख्य १० वटा कम्पनी रहेकोमा फागुन तेस्रो सातासम्म आइपुग्दा २ वटा थपिएका छन् भने २ वटा बाहिरिएका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार असार मसान्तदेखि फागुन २३ गतेसम्ममा बजार पुँजीकरणको आधारमा २ वटा कम्पनी बाहिरिएका छन् भने थप २ कम्पनी थपिएका हुन् ।

असार मसान्तमा पहिलो नम्बरमा नेपाल दुरसञ्चार कम्पनी दोस्रोमा नबिल बैंक रहेको थियो । यस्तै क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक, स्टयान्र्डड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंक रहेका थिए ।

बजार पुँजीकरणमा मुख्य १० वटा कम्पनीमा ८ वटा वाणिज्य र एउटा दुरसञ्चार कम्पनी र जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स छन् ।

तर फागुन अन्तिम सातासम्म आइपुग्दा २ वटा कम्पनी नेपाल एसबीआई बैंक र कृषि विकास बैंक हटेका छन् । यी दुई बैंक हटेपछि १० कम्पनीमा एनएमबी बैंक र ग्लोबल आईएमई बैंक भन थपिएका छन् । कृषि विकास बैंकको ठाँउमा ग्लोबल आईएमई बैंक छ ।

फागुन तेस्रो सातासम्म आइपुग्दा पहिलो नम्बरमा नेपाल दुरसञ्चार कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्यारेन्स, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, स्टयान्र्डड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक रहेको छ ।

गत असार मसान्तमा पहिलो नम्बरमा नेपाल दुरसञ्चार कम्पनी रहेको थियो भने अहिले पनि त्यही कम्पनी नै रहेको छ । दोस्रो नम्बरमा पनि नबिल बैंक नै रहेको छ । असार मसान्तमा तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक रहेकोमा यो अहिले घटेको छ । अहिले तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्यारेन्स रहेको छ । असार मसान्तमा नेपाल लाइफ ६ नम्बरमा थियो ।

यस्तै असार मसान्तमा ४ नम्बरमा रहेको स्टयान्र्डड चार्टर्ड बैंक रहेकोमा त्यो पनि घटेर ८ नम्बरमा पुगेको छ । त्यो ४ नम्बरमा एनएमबी बैंक आएको छ । एनएमबी बैंक असार मसान्तमा बजा पुँजीकरणमा मुख्य १० नम्बरमा थियो ।

असार मसान्तमा ५ नम्बरमा रहेको एभरेष्ट बैंक पनि अहिले नै कायम छ । यस्तै असार मसान्तमा ६ नम्बरमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ठाँउमा अहिले इन्भेष्टमेन्ट बैंक रहेको छ ।

यता गत असार मसान्तमा ७ नम्बरमा रहेको हिमालयन अहिलेसम्म पनि ७ नम्बरमा नै रहेको छ । गत असार मसान्तमा ८ नम्बरमा रहेको नेपाल एसबीआई बैंक अहिले बजार पुँजीकरणबाट हटेको छ ।

गत सातासम्म आउँदा एसबीआईको ठाँउमा स्टयार्डड चार्टर्ड बैंक छ । गत असार मसान्तमा ९ नम्बरमा रहेको एनआईसी एसिया बैंक अहिले पनि कायम नै छ । गत असार मसान्तमा १० नम्बरमा रहेको कृषि विकास बैंंक अहिले बाहिर गएर १० नम्बरमा ग्लोबल आईएमई आएको छ ।

फागुन २३ मा आउँदा नेपाल टेलिकमको बजार पुँजीकरण ९८ अर्ब ७० करोड रुपैयाँ रहेको छ । नबिल बैंकको ८४ अर्ब ७१ करोड ७१ लाख रुपैयाँ रहेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरण अहिले ६८ अर्ब ७५ करोड ६९ हजार रुपैयाँ रहेको छ ।

नेप्सेका अनुसार एनएमबी बैंकको बजार पुँजीकरण ६४ अर्ब १७ करोड ४५ लाख, एभरेष्ट बैंकको ६३ अर्ब २९ करोड ५८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ५९ अर्ब १५ करोड ९६ लाख, हिमालयन बैंकको ५६ अर्ब ६० करोड ८५ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५६ अर्ब ८ करोड, एनआईसी एसिया बैंकको ५५ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ रहेको छ भने बजार पुँजीकरणमा १० औं नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको बजार पुँजीकरण ५४ अर्ब २७ करोड १० लाख रुपैयाँ रहेको छ । 


पुष्प दुलाल