कारोबार राफसाफको समय घट्ने, सेयर खरिद गर्नेले अर्कोदिन पैसा दिनुपर्ने
काठमाडौं । सेयर खरिदबिक्रीको राफसाफको समय अबदेखि घटेको छ । अहिलेसम्म टि प्लस ३ अर्थात कारोबार भएको तीनदिनभित्र राफसाफ हुने गरेकोमा अबदेखि टि प्लस २ कारोबार भएको दुईदिनभित्रमा राफसाफ हुनुपर्ने छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडलले सूचना जारी गर्दै सेयर कारोबार भएको २ दिनभित्रमा राफसाफ गरिसक्न भनेको छ ।
सेयर खरिद गर्नेले अर्कोदिनसम्ममा तिनुपर्ने पैसा दिनुपर्ने छ । ब्रोकरले सो रकम बिक्रीकर्ता लगानीलाई कारोबार भएको २ दिनसम्ममा हस्तान्तरण गर्नुपर्ने हुन्छ । सो अनुसारको काम नगरेमा ब्रोकरले सेयर कारोबार गर्न नपाउने सिडिएसले जनाएको छ ।