सेयर बजारमा गिरावट, मञ्जुश्रीका लगानीकर्ताले कमाए



काठमाडौं । सेयर कारोबारको लागि योे साताको अन्तिम दिन (बिहीबार) सामान्य सामान्य गिरावट देखिएको छ । यो दिन नेप्सेमा गिरावटको साथै कारोबार रकममा पनि गिरावट आएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक ५.५० अंकले घटेर १४३५.७० को बिन्दुमा रोकिएको छ । सो दिन बजारमा १ सय ७९ कम्पनीहरुको कम्पनीहरुको ५९ लाख ४० हजार ५३३ कित्ता सेयर २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको ३७ करोड ८७ लाख १९ हजार ८६६ रुपैयाँ को कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा एनएमबी र एनआईसी एसिया बैंक रहेका छन् ।

मञ्जुश्री फाइनान्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ । राधी विद्युृत कम्पनी, बोटलर्स नेपाल तराई, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा नेपाल हाईड्रो डेभलपर्स, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था, यूनियन हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु