कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला



काठमाडौं । नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट अवकास पाएका लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाको सिफारिसमा निरौला अध्यक्षमा नियुक्त भएका हुन् । उनले राष्ट्र बैंकमा पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।

कृषि विकास बैंकमा सरकारको ५१ प्रतिशत सेयर स्वामित्व छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएको व्यक्तिलाई निजी बैंक जान कुलिङको व्यवस्था भएपनि सरकारी बैंकमा जानको लागि कुलिङको व्यवस्था छैन ।


क्लिकमान्डु