भातृत्व विकास बचतले ९.३५ प्रतिशत लाभांश दिने
काठमाडौं । भातृत्व विकास बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर सुनुवारले आर्थिक बर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार हाल संस्थाको शेयर पूँजी ६८ लाख छ । बचत संकलन ७ करोड ७१ लाख रहेको छ । गत आर्थिक वर्षमा संस्थाले १९ लाख रुपैयाँ नाफा गरेको थियो ।
संस्थाले वित्तिय तथा गैर वित्तिय कृयाकलापहरुमा सदस्यहरुलाई सहभागी गराउँदै सुखी र समृद्घ जीवन व्यतित गर्नको लागि विभिन्न समाधानहरु दिई आफ्ना सदस्यहरुलाई खुशी र सन्तुष्ट बनाउदै आईरहेको छ । आजको साधारण सभाले शेयर सदस्यहरुलाई ९.३५ प्रतिशत लाभांश पारित गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका संस्थापक कार्यकारी अध्यक्ष जीत नारायण डंगोल,संचालक समितिका संस्थापक सचिव अनिल शाही,ऋण तथा व्यवस्थापन प्रमुख शम्भु कुमार कपालीलाई कदर पत्र सहित सम्मान गरिएको थियो । साथै आर्थिक बर्ष २०७५/०७६ को उत्कृष्ट बचतकर्ता श्रीमती जमुना कपाली, उत्कृष्ट ऋणी सरोज कुमार खड्गी र संस्था स्थापनाकाल देखि सदस्यता बनेका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।