समृद्धि दिन्छु भनेको ओली सरकारको महंगी उपहार, पेट्रोलियम पदार्थमा फेरि कर बढायो



काठमाडौं । सरकारले पूर्वाधार विकास करमा संशोधन गरेको छ ।

जसअन्तर्गत पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लगाउने निर्णय गरेको छ । यसअघि ५ रुपैयाँ पूर्वाधार विकास कर लिँदै आइएकोमा त्यसलाई बढाएर १० रुपैयाँ पुर्याइएको हो ।

वाम सरकारको मध्यम वर्ग सेक्ने कर प्रणाली, अमेरिकामा भन्दाबढी कर तिर्दा सुविधा पाइँदैन

बिहीबार सरकारका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

२०७२/७३ को बजेट भाषणमार्फत् तत्कालिन ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले बुढीगण्डकी जलविद्युत् आयोजाना निर्माणका लागि भन्दै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर उठाउने घोषणा गरेका थिए ।

बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि संकलन भएको ५०औं अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । यही करलाई पूर्वाधार विकास कर नाम दिए वर्तमान ओली सरकारले करको दर बढाएको हो ।

पेट्रोलियम पदार्थमा कर बढाउँदा त्यसको प्रभाव बजारका हरेक क्षेत्रमा देखिने निश्चित छ । यसले बजारमा महंगो बढाएर गरिब जनताको ढाड सेक्ने सरोकारवालाहरु बताउँछन् ।


क्लिकमान्डु