नेपाल टेलिकमको नाफा घट्यो, ६ महिनाको नाफा ४ अर्ब ९३ करोड



काठमाडौं । सरकारी स्वामित्वको सेवा प्रदायक संस्था नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ५५ लाख रुपैयाँले घटेको छ ।

कम्पनीले गत आवको पुस मसान्तसम्म ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा ०.३१ प्रतिशतले खुद नाफा घटाएर ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँमा सीमित गरेको छ ।

कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको ग्राहकलाई सेवा बिक्री गरे वापतको आम्दानी पनि ४.८२ प्रतिशतले घटेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको बिक्री आम्दानी ४० करोड ४५ लाख रुपैयाँ घटेर १८ अर्ब ३ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ।

यसैगरी, कम्पनीको हाल चुक्ता पुँजी १५ अर्ब रुपैयाँ र जगेडा कोषमा ७४ अर्ब ३६ करोड रुपैयाँ सञ्चित रहेको छ । सो अवधिमा कम्पनीको प्रतिसेयर मूल्य ६५.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.७९ गुणा छ भने प्रतिसेयर नेटवर्थ ५९५.७५ रुपैयाँ छ ।


क्लिकमान्डु