निजी सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यसँग छैन, निजी सम्पत्ति उलटपुलट हुँदैनः मन्त्री अर्याल



काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले क्षतिपुर्ती दिएर व्यक्तिको नीजि सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यसँग नभएको बताएकी छिन् ।

राज्यले निजी सम्पत्तिको रुपमा दिइसकेकाले राज्यले चाहेर पनि व्यक्तिको नीजि सम्पत्ति उलटपुलट पार्न नसक्ने मन्त्री अर्यालले स्पष्ट पारेकी छिन् । व्यक्तिको नीजि सम्पत्तिको रक्षा गर्ने दायित्व राज्यको हुनेछ भनेर संविधानमा लेखेको समेत उनले उल्लेख गरिन् ।

भूमिको सुधार गर्ने कुरा ठूलो विषय भएको र उक्त विषय त्यति सजिलो नभएको समेत उनले बताइन । मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशालामा बोल्दै उनले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताइन ।

ुकृषिको व्यवसायिकिकरण र यान्त्रिकिकरणको प्रयोग गरेर ठूला उत्पादनमा केही गरौं न भनेर जाने हो भने जर्बजस्त भूमिसुधारको एजेण्डा स्थापित गर्नैपर्छु, मन्त्री अर्यालले भनिन् । त्यसका लागि सहकारी महत्वपुर्ण रहेको उनको भनाइ छ ।

अर्थतन्त्र निर्माणमा सहकारीको भूमिकालाई स्थापित गर्नका निम्ती राज्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले प्रोत्साहनमूलक कार्यक्रममार्फत सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै सहकारीलाई अर्थतन्त्र निर्माणमा प्रवेश गराउनुपर्ने बताइन् । । यसलाई स्थापित गरेर छाड्ने मन्त्री अर्यालले उद्घोष समेत गरिन् ।

चरम पूँजि जम्मा नगरि समाजवादमा जानै नसकिने भन्दै मन्त्री अर्यालले समाजवादमा पुग्नका निम्ती अधिकतम पूँजिको विकास, अधिकतम रोजगारीको सिर्जना र अधिकतम उत्पादनमा बृद्धि पहिलो शर्त भएको बताइन् ।


क्लिकमान्डु