नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्ती गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल प्रहरीको महारनिरीक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त गर्ने निर्णय गरेको छ ।
बहालाला आईजीपी सर्वेन्द्र खनालले सोमबारदेखि अवकास पाउने भएपछि सोमबार नै बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर १ को प्रहरी कार्यालय प्रमुख रहेका डीआईजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
२०४७ सालमा प्रहरी सेवामा प्रहरी सेवामा प्रवेश गरेका ज्ञवालीले ५ महिना कार्यकाल सम्हाल्नेछन् । उनले आगामी असार २५ मा अनिवार्य अवकाश पाउनेछन् ।