शिवम् सिमेन्टकाे नाफा २९.८७ प्रतिशतले घट्यो
काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड १२ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड ७८ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा शिवमको नाफा २९.८७ प्रतिशतले घटेको छ ।
यो अवधिमा कम्पनीको सञ्चालन नाफामा पनि गिरावट देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ५ अर्ब २२ करोड ४७ लाख ९९ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ४ अर्ब ६९ करोड ५६ लाख २ हजार रुपैयाँमा सिमित भएको छ ।
४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनी प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ७० पैसा करहेको छ ।