विमानस्थलमा लागेको आगो निभ्यो, उडान सूचारु
काठमाडौं । त्रिभुवन विमानस्थलमा आगो निभेको छ । सोमबार राति पौने ९ बजेतिर स्टारलाइन एरियामा लागेको आगो निभेपछि विमानस्थल सञ्चालनमा आइसकेको डीएसपी भेषराज रिजालले क्लिकमाण्डूलाई जानकारी दिए ।
रिजालका अनुसार विमानस्थलको भित्रपट्टी यात्रु प्रतिक्षालयमा रहेको कफी सपमा आगलागी भएको थियो । आगो निभेपछि होल्डमा रहेका विमान अवतरण गर्न शुरु गरिसकेका छन् ।