सेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको ध्यान निर्जीबन बीमा र माइक्रोफाइनान्स तिर



काठमाडौं । सेयर बजार मापन गर्ने सूचक ४.२८ अंकले बढेर परिसूचक १३२४.२६ बिन्दुमा रोकिएको छ ।

१७५ कम्पनीको २३ लाख ६० हजार ५८४ कित्ता सेयर ९३ करोड २० लाख ८६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ ०.७९, होटल १०.७८, डेभलपमेन्ट बैंक ५.९६, निर्जीबन बीमा कम्पनी ७२. ४१, उत्पादन तथा प्रशोधन २५.५, माइक्रोफाइनान्स समूहको उपसूचक २९.८ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको १३ करोड ६६ लाख २ हजार ४६३ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नागरिक लगानी कोष र एनआईसी एसिया बैंक रहेका छन् ।

सिभिल लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स, रैराङ हाईड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स, खानिखोला हाईड्रोपावर, जोशी हाईड्रोपावर डेमलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु