फेसबुक बुस्टमा ५ अर्ब बाहिरियो, राष्ट्र बैंक भन्छः अनौपचारिक माध्यमबाट बुस्ट गर्न पाइदैन



काठमाडौं । फेसबुक,इन्टाग्राम तथा युटुबजस्ता सामाजिक सन्जालमा गरिने विज्ञापनबाट वार्षिक ५ अर्बभन्दा बढी रकम बाहिरिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक बमबहादुर मिश्रले वार्षिक ५ अर्ब रुपैयाँ यस्तो माध्यमबाट बाहिरिने गरेको बताए ।

राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा मिश्रले राष्ट्र बैंकले सामाजिक सन्जालमा अनौपचारिक माध्यमबाट विज्ञापन गर्न रोक लगाएको र औपचारिक माध्यमबाट पाइने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य सौरभ ज्योतिले राष्ट्र बैंकको व्यवस्थाले व्यवसाय प्रवद्र्धन गर्न नै कठिन भएको बताएका थिए ।

राष्ट्र बैंकले केही दिन अगाडि सूचना जारी गर्दै अनौपचारिक माध्यमबाट गरिने यस्तो विज्ञापनमा रोक लगाएको थियो ।


क्लिकमान्डु