आइएमई डिजिटल र युकेएड सक्षमबीच सम्झौता, जनकपुरधाम पहिलो क्यासलेस शहर बन्ने



काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट सिइिओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल उक्त सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तरसम्म वित्तिय पहुंच पु¥याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ ।

सोही कार्यक्रममा विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भए सँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको हो ।


क्लिकमान्डु