बीमा कम्पनीको सेयरमा चमत्कारिक सुधार, महिना दिनमै १३३३ अंकले बढ्यो



काठमाडौं । पछिल्लो ३ सातायता सेयर बजारमा सुधार देखिएको छ । त्यो सुधारले प्राय सबै सूचकमा सकारात्मक सुधार देखिएको छ ।

सेयर बजार बढ्दा धेरै नै बढ्ने र घट्दा पनि धेरै नै घट्ने बीमा कम्पनीहरुको सेयर मूल्यमा पनि अहिले धेरै सुधार देखिएको छ । विगत एक महिना यताको निर्जीबन बीमा कम्पनीको सब इन्डेक्स हेर्दा पनि निकै सुधार भएको देख्न सकिन्छ ।

पुस १५ गते ४५६८ अंक रहेकोमा आज (बिहीबार) ५९०१ बिन्दुमा पुगेको छ । एक महिनाको अवधिमा १३३३ अंकले सब इन्डेक्समा सुधार देखिएको छ ।

यो सातको अन्तिम दिनको कारोबारमा पनि एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इस्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले निकै कमाएका छन् । बिहीबारकै करोबारमा हेर्दा पनि निर्जीबन बीमा समूहको उपसूचक २२४.६४ अंकले बढेको छ ।

एक महिनाको अवधिमा पुस २१ गतेसम्म सामान्य मात्रै सुधार देखिएको निर्जीबन बीमाको सब इन्डेक्समा पुस २२ पनि सुधार देखिएको छ ।

माघ ९ गते र १२ गते केही घटेर ५२८८.५३ बिन्दुमा पुगेको थियो । त्यसअघि ५५६५.०८ सम्म पुगेको थियो । त्यसपछि देखिएको सुधार बिहीबारसम्म कायमै रहँदा निर्जीबन बीमाको सब इन्डेक्स ५९०१.४५ अंकमा पुगेको छ । यो सँगै लगानीकर्ताहरुले पनि यो अवधिमा निकै लाभ लिन सकेको देखिएको छ ।

यस्तै जीवन बीमा कम्पनीको सब इन्डेक्समा पनि पछिल्लो एक महिना यता निकै सुधार देखिएको छ । पुस ३० गते ५९९३ अंकमा रहेको जीवन बीमा समूहको सब इन्डेक्स एक महिनाको अवधिमा ७५५८ बिन्दुमा पुगेको छ ।

एक महिनाको अवधिमा १५६५ अंकले बढेको छ । यो सँगै जीवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्तांले कमाएका देखिएको छ । बिहीबारको कारोबारमा सूर्य लाईफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले धेरै नै कमाएका छन् ।

पुस २४ गतेसम्म जीवन बीमा समूहको सब इन्डेक्समा खासै सुधार देखिएको थिएन । त्यसपछि बढ्न थालेको सब इन्डेक्स ७५५८ बिन्दुमा पुगेको हो ।


क्लिकमान्डु