सिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट् मीट कार्यक्रम सम्पन्न




काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र तालिम कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

पोखरास्थित पांँच तारे होटल पोखरा ग्राण्डमा सम्पन्न भएको उक्त कार्यक्रममा, कास्की, बाग्लुङ्ग, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ्ग, स्याङजा, गोर्खा लगायतबाट ३०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु