‘मेरो सेयर सीडीएस डटकम’बाट सेयर हरायो? अब चिन्ता नलिनुस्



काठमाडौं । सीडीएससीले ‘मेरो सेयर डटकम’लाई झनै जानकारीमुलक बनाउने भएको छ । सीडीएससीका अनुसार अबको केही समयमा नै मेरो सेयर सीडीएस डटकमबाट सेयर निकालेको, राखेकोलगायत जानकारी दिने भएको छ ।

अहिले कुनै कम्पनी मर्ज भइ एक भएपछि मर्जरमा गएको कम्पनीको सेयर निकालेर अर्कोमा गएको थाहा पाउन सकिँदैन । यो व्यवस्था शुरु भएपछि भने आफ्नो सेयर भएको कम्पनी कुनमा मर्ज भयो? कुन समयमा आफूसँग भएको सेयर अर्कोमा जाँदैछ ? कति समय लाग्छ? जस्ता सूचना लगानीकर्ताले पाउन सक्नेछन् ।

सीडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार केही समयमा नै मेरो सेयरबाट यी सबै कुराको जानकारी गराउने तयारी भइरहेको छ । त्यहाँ अन्य नयाँनयाँ अपडेटमा रहेको सूचना पनि राखिने छ ।

अहिलेको समस्या भनेको हिजोसम्म मेरो सेयरमा देखिएको सेयर आज देखिएन भन्ने नै हो । डिपीबाट स्टेटमेन्ट लिनेलाई भने ण्समस्या छैन । मेरो सेयर प्रयोग गर्नेको जानकारीका लागि पनि यो व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

सेयर लगानीकर्ताहरुले लामो समयदेखि आफूलाई जानकारी नदिइ डिपीबाट आफ्नो नामको सेयर झिकेको भन्दै सीडीएससीको आलोचना गर्दै आएका थिए । अब भने लगानीकर्ताले गर्ने आलोचना कम हुने र आफ्नो सेयर कहिलेबाट कहिलेसम्म निकालिने भन्ने जानकारी मेरो सेयरबाट नै थाहा पाउन सकिने छ ।

एक लगानीकर्ताले भने ‘सीडीएससीले जनता र ग्लोबल आइएमई बैंक आपसमा मर्ज भएपछि जनताको सेयर निकालेर ग्लोबलमा राख्ने समयमा कुनै जानकारी भएन, यो त सरासर गलत काम हो । मेरो यसले गरेको यो काम लगानीकर्ताको हित बिपरीत छ, यसलाई तत्काल सच्याउनु पर्छ ।’

सीडीएससीको यस्ता कार्यले मेरो सेयर प्रयोग गर्नेहरुको असर पर्ने उनको भनाइ छ ।

‘मेरो सेयरमा भरपर्ने लगानीकर्ता त यसरी सूचना नै नदिइ सेयर तानिदिँदा आफ्नो सेयर कति थियो, कति कित्ता जनताको थियो, ग्लोबलमा जाँदा कति भयो भन्ने पनि थाहा हुँदैन, कति हरायो भनेर पनि जानकारी नपाउन सक्छन, कुनै दिन सीडीएससीले मेरो सेयर यो सीडीएससीको गैर जिम्मेवारीपन हो,’ ती लगानीकर्ताले भने ।


क्लिकमान्डु