सिटी एक्सप्रेसको लखपति एक्स्प्रेस योजनाको विजेता घोषित, कसले जित्यो १० लाख ?



काठमाडौं । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६– न यति न उति सिधै लखपति” योजनाको विजेता जागेश्वर भुस्कुलिया यादब बनेका छन् ।
१० लाख जित्ने योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक – टेलिमनीबाट पैसा पठाई लक्कीड्र«मा परी उनी विजेता बनेका हुन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहबीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन द्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको थियो ।

यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु