एनआईसी एशिया र फुडमान्डुबीच सम्झौता, डिजिटल भुक्तानीमा ३० प्रतिशत छुट हुने
काठमाडौं । फुडमान्डुको अनलाइन फुड फेस्टिबल २०२० मा एनआईसी एशिया बैंक बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । उक्त फेस्टिबलमा बैंकको मोबाईल बंैकिङ्ग एप प्रयोग गरी क्युआर कोड मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउनेछन ।
यो अफर पौष २१ देखि पौष २७ गतेसम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
बैंकले हाल मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।