सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले मेडिसिटी हस्पिटलमा ७% छुट पाउने




काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको भैसिपाटीमा रहेको नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु