एनआईसी एशिया बैंकको नयाँ शाखा ललितपुरको सानेपामा
काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।
ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर श्रीचिरीबाबु महर्जनले उदघाटन गरेका छन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।
बैंकल हाल मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।