लुम्बिनी विकास बैंकको साधारण सभा पुस २९ मा, बुक क्लोज कहिले ?



काठमाडौं । लुम्बिनी विकास बैंकको १२ औं साधारण सभा पुस २९ हुने भएको छ । उक्त सधारण सभामा लगानीकर्तालाई दिने भनेको बोनस र नगद लाभांको प्रस्तावत पारित गर्ने छ ।

बैंकले बोनस र नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस र १५ नगद लाभांशसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावका लागि नियामक निकायले पनि अनुमति दिइसकेको छ ।

बैंकका साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । बैंकले साधारण सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेको त्यसको  सम्झौता गर्नको लागि निर्णय लिने अधिकारसञ्चालक समितिलाई दिने जानकारी गराइएको छ ।

२९ गते साधारण सभा हुने भएपछि पुस २३ गतेदेखि २९ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । बैंकको उक्त साधारण सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।


क्लिकमान्डु