मर्जर नरुचाएका एनबी बैंकका लगानीकर्ता गभर्नरप्रति खनिए, सिइओ ढुंगानाले दिए यस्तो जवाफ



काठमाडौं । नेपाल बंगलादेश बैंकको २५औं बार्षिक साधारण भा सम्पन्न भएको छ । सभाले १२ प्रतिशत लाभांश पारित गरेको छ ।

साारणसभाले सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत अध्यक्ष र सञ्चालकले पाउने भत्ता संशोधन गरेर पारित गरेको छ ।

अध्यक्षको लागि २५ हजार र सञ्चालकको लागि २० हजार पुर्याउने प्रस्ताव गरिएको थियो । तर, साधारणसभामा सेयरधनीहरुले चर्को विरोध गरेपछि बैंकका अध्यक्ष जलाल अहमदले नै उक्त प्रस्तावलाई घटाएका हुन् ।

साधारणसभामा सेयर लगानीकर्ताहरुले बैंकलाई मर्जरमा नजान सुझाव दिएका छन् । लगानीकर्ताहरुले मर्जरभन्दा संयुक्त विदेशी लगानी नै ठीक भएको सुझाब दिएका छन् ।

बंगलादेश बैंकमा विदेशी बैंकका लगानी रहेकोले तत्काल मर्जरमा नजाने सुझाव दिए । केही लगानीकर्ताहरुले बैंकलाई पुँजीमा समस्या भएको खण्डमा हकप्रद सेयर जारी गर्न समेत सुझाव दिएका छन् ।

पोशाकदेखि सादा पोशाकसम्मका सुरक्षागार्ड राखेर सम्पन्न भएको साधारण सभामा लगानीकर्ताहरुले बैंक २५ वर्षको पुगेपनि लाभांश १५ प्रतिशतमा मात्रै सिमित बनेको भन्दै आलोचना गरे । केही लगानीकर्ताहरुले आगामी वर्षबाट लाभांश बढाउन सुझाव दिएका छन् ।

साधारणसभाका केही लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकदेखि गभर्नर डा. चिरञ्जिवी नेपाललाई समेत गाली गर्न भ्याए । रमाइलो दृश्य चाँही यो नै थियो । किनभने सेयर लगानीकर्ताहरुले गर्भनर डा. नेपाललाई गाली गर्दा स्टेजमा रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङगानादेखि अन्य सञ्चालक तथा कर्मचारीहरु पनि निकै हाँसेका थिए ।

साभारणसभामा लगानीकर्ता डम्बर बल्लभ घिमिरेले गभर्नर नेपाल आफ्नो कार्यकाल सकिनै लाग्दा नाटक देखाएको बताए ।
‘गभर्नर नेपालको पनि कार्यकाल सकिनै लाग्यो धेरै चुरीफुरी नगरे हुन्छ, बैंकहरुलाई मर्जरको नाममा धेरै कराएर काम छैन, निभ्ने बेलामा चम्किएर काम छैन,’ उनले भने ।

अर्का लगानीकर्ता गुणराज भट्टले पनि गभर्नर नेपाललाई गाली गर्न पछि परेनन् । गभर्नर नेपालले २ अर्ब चुक्ता पुँजी रहेको बैंकलाई ८ अर्ब रुपैयाँ पुर्याएर लगानीकर्ताले डुबाउने काम गरेको र अहिले पनि मर्जरको चर्चा गरेर लगानीकर्तालाई डुबाउन लागेको बताए । उनले पनि बैंकलाई मर्जरमा नजान सुझाव दिए ।

अर्का लगानीकर्ता इन्द्र कृष्ण श्रेष्ठले बैंकले दिएको लाभांश कम भएको भन्दै गुनासो गरे । उनले बैंकका अध्यक्ष, सञ्चालक कर्मचारीले लगानीकर्तालाई लाभांश बढी दिनु भन्दा पनि आफै बढी भत्ता खानेतर्फ लागेको बताए ।

साधारणसभामा उनले हरिसिद्धि टायलले लिएको ऋण समयमा नै नउठनुको कारणबारे बैंकसँग जवाफ माग गरे ।

उनले प्रश्न गरे ‘हरिसिद्धिले बैंक डुबायो, बैंकले सेयरधनी लगानीकर्तालाई डुबायो, यस्ताले लिएको ऋण किन समयमा नै नउठाएको ?’

उनले लक्ष्मी बहादुर, जीत बहादुरले लिएको ऋण बैंकका अध्यक्ष, सञ्चालक र सिइओको नालायकी पनको कारण ऋण उठ्न नसकेको बताए ।

उनले बैंकको सञ्चालक समितिको बैठक बस्दा पनि बंगलादेश जानुपर्ने भन्दै त्यसले खर्च बढाएको बताए । उनले आगामी दिनमा बैंकको सञ्चालक समितिको बैठक बस्दा बंगलादेशमा जानुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरे ।

साधारणसभामा कृष्णप्रसाद अधिकारीले आगामी दिनमा बोनस बढाउन आग्रह गरे । उनका साथै अन्य लगानीकर्ताहरुले राष्ट्र बैंकले जे भनेपनि मर्जरमा नजान आग्रह गरे ।

साधारणसभामा बैंकका सीइओ ढुंगानाले बैंकबाट २ करोड धितोमा १० करोड कर्जा लगेको भनेर चर्चा चलेको र त्यसले बैंकलाई धरासायी बनेको भन्दै चर्चा भएजस्तो नभएको बताए ।

उनले भने ‘त्यो कर्जामा साढे ५ करोड उठिसकेको छ । धितोपनि प्रयाप्त छ, त्यसमा कुनै डर छैन ।’

केही समय अघि क्लिकमाण्डूले बैंकका सीइओ ढुंगानाले बिराटनगर वाणिज्य कार्यालयमा दर्ता भएको पार्थ इन्टरनेशनल इन्टरप्राइजेज कम्पनीलाई २ करोडको धितोमा १० करोड रुपैयाँ कर्जा दिएको समाचार प्रकाशित गरेको थियो । राष्ट्र बैंकले बैंक व्यवस्थापनलाई उक्त ऋणको शतप्रतिशत प्रोभिजनिङ गर्न लगाएको थियो । राष्ट्र बैंकले सीइओलाई प्रष्टिकरण सोधेको थियो । सीइओको जवाफ चित्त नबुझे पछि राष्ट्र बैंकले समेत स्थलगत अवलोकन गरेको थियो ।

सीइओ ढुंगानाले बैंकको सञ्चालक समितिको बैठक बस्दा बंगलादेशमा नगइ भिडियो कन्फ्रेन्स गर्ने गरेको बताए । त्यसको लागि राष्ट्र बैंकबाट अनुमति पनि लिएको बताए ।

नेपाल राष्ट्र बैंकले लागु गरेको एनएफआरएस कारण बैंकको लगानीयोग्य रकममा देखिएको बताए ।

बैंकले निर्माणको क्षेत्रमा बढी लगानी गरेको तर अहिले निर्माण क्षेत्रमा देखिएको समस्याको असर बैंकमा पनि परेको बताए ।
उनले भने ‘अहिले सरकारको निर्माण कार्य ठप्प रहेको छ । त्यसको असर हाम्रो बैंकमा पनि परेको हो, अर्को वर्षबाट सुधार आउने छ ।’

साधारण सभामा सिइओ ढुंगानाले बैंकले भोलि मंगलबार बाट नै नगद लाभांश बैंक खातामा पठाउने प्रतिबद्धता जनाए ।

उनले हरिसिद्धिमा ब्याजसहित ४५ करोड हाराहारीमा ऋण रहेको र त्यो आगामी साधारणसभासम्ममा उठिसक्ने बताए । उक्त कम्पनीको १०० रोपनी जग्गा बैंकको नाममा रहेको जानकारी गराए ।


पुष्प दुलाल