श्री भिमसेन मन्दिर पूननिर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग
काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा अवस्थित श्री भिमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ ।
बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहमा उक्त रकम हस्तान्तरण गरेका हुन ।
सोही अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो ।