कामना सेवा विकास बैंकको शाखा बाग्लुङ्गको हल्लनचोकमा खुल्यो
काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश नं ४ अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं ०३ स्थित हल्लनचोकमा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए । कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी ,समाजसेवी बलावति शर्मा ,गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा विभिन्न प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ