सनराइज बैंकको १२८ औं शाखा बट्टारमा



काठमाडौं । सनराइज बैंकले नुवाकोट स्थित बट्टारमा १२८ औं शाखा संचालनमा ल्याएको छ ।

सांसद नारायणप्रसाद खतिवडा, विदुर नगरपालिकाका मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले उक्त शाखाको संयुक्त उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ए.टि.एम को उद्घाटन गरेका छन् ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले बट्टार बजारमा सनराइज बैंकको आगमनले व्यापारीकरण र औधोगिकरणमा थप प्रोत्साहन मिल्ने बताए ।

कार्यक्रममा सांसद नारायणप्रसाद खतिवडाले बैकले कृषि क्षेत्रमा लगानी बढाइ, आयातलाई प्रतिस्थापन गर्न आग्रह गरे ।

यता विदुर नगरपालिकाको मेयर सन्जु पण्डितले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि सोहीकार्यलाई स्थानिय तहसंग समन्वय गरेर निरन्तरता दिन आग्रह गरे ।

बैंकका सिइओ पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउने बताए ।

हालसम्म बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाखग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम संचालनगर्ने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु