एनआईसी एशिया र युनाइटेड इन्स्योरेन्सबीच प्रिमियम भुक्तानी सम्बन्धी सम्झौता



काठमाडौं । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु