साफाद्वारा एनआईसी एशिया बैंक विभिन्न विधामा सम्मानित




काठमाडौं। एनआईसी एशिया बैंक साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स– सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । बंगलादेशको ढाकामा आयोजित एक समारोहमा उक्त अवार्डबाट बैंक सम्मानित भएको हो ।

सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आएको छ ।

सोही क्रममा आइक्यानबाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जितेको एनआईशी एशियाले बैंकले राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गरेको छ ।


क्लिकमान्डु