इन्टरनेट जोड्न चाहनेलाई भायनेटको ‘क्या लभ्ली अफर’




काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले ‘क्या लभ्ली अफर’ नामक अझ आकर्षक योजना बजारमा ल्याएको छ । संचालन भएको २० औं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले उक्त अफर ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले ३४ हजार रुपैयाँमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगापिक्सल क्यामरा भएको साओमी रेडमी नोट ८ प्रो प्राप्त गर्नेछन् । त्यसैगरी . २७ हजार ७ सयमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र साओमी रेडमी नोट ८ प्राप्त गर्नेछन् ।

यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले १८ हजार ७९० देखि सामसुङ र स्काईवर्थको ३२” देखि ४३” इन्चसम्मका एलइडी टिभीका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ ।


क्लिकमान्डु