निगमका सबै विमानमा भ्रमण वर्षको लोगो टाँस्ने, हरेक महिना एकथान टिकट निःशुल्क




काठमाडौं । नेपाल वायु सेवा निगमले नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि सबै विमान र निगमका सबै सवारी साधनमा भ्रमण वर्षको लोगो टाँस्ने निर्णय गरेको छ ।

गत मंसिर ५ गते बसेको निगमको कार्यकारी समितिको बैठकमा अध्यक्ष मदन खरेलले सबै सवारी साधन र विमानमा भ्रमण वर्षको लोगो टाँस्ने निर्णय गरेका हुन् ।

साथै निगमले भ्रमण वर्षको लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी डिजिटल मिडिया सेलबाट फेसबुक, ट्विटर, इन्स्ट्रग्राम र युट्युवमा पर्यटन प्रवद्र्धन सम्बन्धी सामग्री प्रसारण गर्ने निर्णय गरेको छ ।

साथै निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयस्थित विक्री कक्ष राति ८ बजेसम्म खुला राख्ने समेत निर्णय गरेको छ ।

निगमले काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीसँग सम्झौता गरी विदेशबाट आएका यात्रुहरुलाई निगमका बाह्य स्टेशनबाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

साथै निगमले भ्रमण वर्ष २०२० लक्षित थप कार्यक्रमहरु क्रमशः बनाउन ५ जना निर्देशक सम्मिलित समिति गठन समेत गरेको छ । त्यस्तै मिडिया÷पर्यटक सहजिकरणका लागि एक उप–समिति निर्माण गरी पाक्षिक प्रगति मूल्यांकन गरी थप कार्यक्रम बनाउने निर्णय गरेको छ ।

प्रत्येक अन्तर्राष्ट्रिय स्टेसनमा पर्यटकहरुका लागि गोलाप्रथाद्वारा मासिक एकथान टिकट निःशुल्क उपलब्ध गराइनेछ ।


क्लिकमान्डु