चलचित्र ‘छ माया छपक्कै’ अब डिसहोममा हेर्न पाईने



काठमाडौं । नेपाली चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुने भएको छ ।  हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुनेछ ।

डिशहोमले हल सम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्यु सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।


क्लिकमान्डु