गोकुल अपार्टमेन्टको ४६ मध्ये १२ वटा युनिट अग्रिम बुकिङ, ८ करोड संकलन

686
Shares

काठमाडौं । वीरगञ्जको घण्टाघरमा निर्माण भइरहेको गोकुल अपार्टमेन्टको १२ वटा युनिट बुकिङ भएको छ । कम्पनीले बनाइरहेको ४६ युनिटमध्ये १२ वटा युनिटको बुकिङ भएको हो ।

कम्पनीले घण्टाघरमा आवासीय अपार्टमेन्ट निर्माण गरिरहेको हो । कम्पनीले हालसम्म अग्रिम बुकिङ भएवापत ८ करोड रुपैयाँ रकम संकलन गरिसकेको छ ।

कम्पनीले अपार्टमेन्ट आगामी सन् २०२७ देखि सञ्चालनमा आउने अपेक्षा गरेको छ । सन् २०२० मा दर्ता भएको कम्पनीले पाँच रोपनी क्षेत्रफलमा लक्जरी अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

कम्पनीले सो क्षेत्रमा टुबीएचके ४ युनिट, थ्री बीएचके २९ युनिट, फोरबीएचके ९ युनिट र ४ वटा पेन्टहाउस निर्माण गर्नेछ ।

सिमरा एयरपोर्टबाट २० किलोमिटरको दुरीमा रहेको यो अपार्टमेन्टमा २४औं घन्टा सीसीक्यामेरा, २ लेभलको पार्किङ, हेल्थ क्लब, कम्यूनिटी हल, मेडिटेसन सेन्टर, सुपरमार्केट, बालबालिका खेल्ने क्षेत्र, स्वीमिङ पुल, हल र पूर्ण फर्निस्डको सुविधा हुने उल्लेख गरेको छ ।

प्रदिपकुमार रुङ्गटा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ५५ करोड रुपैयाँको रेटिङ गराएको छ ।