सम्पत्ति छानविनमा सरकारले राजनीति गर्‍यो: शाही

119
Shares

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले सम्पत्ति छानविन गर्ने काममा पनि राजनीति गरेको आरोप लगाएका छन् ।

आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानविन हुँदैन भन्ने निर्णय गरेर सरकारले यसमा पनि राजनीतिकरण गरेको नेता शाहीको जिकीर थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानविन प्रतिवेदन सार्वजनिक नगर्नुको पनि सरकारले गरिरहेको राजनीतिकरणको दृष्टान्तको रुपमा लिन सकिने बताए ।

नेता शाहीले सरकारले नागरिकको हितमा कानुन बनाउने पर्नेमा अन्यथा गरिरहेको पनि बताए । मान्छेको जीवनभन्दा ठूलो सत्ता नहुनेतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

‘अरुको सम्पत्ति छानविन गर्न समिति माग्ने, तर विचौलियासँगको साँठगाँठ बाहिरिएपछि आफैं समिति बनाउने, आफैं समितिका सदस्यलाई थर्काउने, आफैँलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ,’ उनले भने ।

शाहीले नागरिकको अभिभावकको रुपमा काम गर्न पनि सरकारलाई सचेत गराए । उनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति आफूहरूको विरोध कायमै रहेको पनि बताए ।

Skip This