
काठमाडौं । देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याह्नसम्म २१ वटा सडक प्रभावित भएका छन् ।
त्यसमध्ये तीन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् भने १८ वटा एकतर्फी रूपमा संचालनमा आएको सडक विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार पहिरोका कारण कोशी रोजमार्ग,कान्तिराजपथ, मेचीराजमार्ग र बुर्तीबाङ–ढोरपाटन राजमार्गको केही स्थान अवरुद्ध भएको छ ।
विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पहिरोकाकारण सडक अवरूद्ध सडक खुलाउन सम्बन्धित कार्यलयले पहिरो पन्छाउने कार्य गरिरहेको दिए । जल तथा मौसम विज्ञान विभागले मुलुकको विभिन्न स्थानमा आज पनि भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अउनाउन अनुरोध गरेको छ ।








प्रतिक्रिया