बालेन र सुधन निकट रास्वपा नेताले भने-अव्यवस्थित पार्किङ सांकेतिक विरोध हुनसक्छ

1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङ निकट मधुसुदन ढकालले सोमबार भएको अव्यवस्थित पार्किङ सांकेतिक विरोध हुन सक्ने बताएका छन् ।

मिडिया हाउस र व्यवसायिक प्रतिष्ठानका कार्यालयअगाडि बेबारिसे गाडी भेटिएकोबारे आफ्नो धारणा राख्दै रास्वपाका पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले अव्यवस्थित पार्किङको सांकेतिक विरोध हुनसक्ने बताएका हुन् ।

‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिएको पनि हुन सक्छ, र अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरुलाई कति अप्ठ्यारो पर्छ थाहा दिएको पनि हुन सक्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सोमबार बिहानैदेखि कान्तिपुर, अनलाइनखबर, हिमालय टीभी, भाटभटेनी सुपरमार्केटअगाडि शंकास्पद रूपमा आवागमनलाई बाधा पुर्‍याउने योजनाअनुरूप शंकास्पद गाडी छोडिएको थियो ।