धोबीखोलामा हाम फालेकी महिला मृत फेला

154
Shares

काठमाडौं । कालोपुल र रातोपुलबीचको धोबीखोलामा हाम फालेकी महिला मृत भेटिएकी छिन् ।

प्रहरीका अनुसार बल्खु कुमारी क्लबभन्दा तल खोलामा ती महिला मृत अवस्थामा फेला परेकी हुन् ।

अन्दाजी ३५ वर्ष जतिकी महिलाले खोलामा हाम फालेकि थिइन् । सो लगत्तै प्रहरी उनको खोजीमा खटिएको थियो ।

जसका क्रममा उनलाई मृत अवस्थामा भेटिएको हो । यद्यपि उनको परिचय भने खुलिसकेको छैन ।