ग्रुप स्टेजमा अर्जेटिनाको शतप्रतिशत अंक, मेस्सीले बनाए रेकर्ड


काठमाडौं । तीन पटकको विश्वकप विजेता अर्जेन्टिनाले जारी विश्वकपमा आफ्नो समूहमा शतप्रतिशत अंक हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै अर्जेन्टीनाले शतप्रतिशत अंक हासिल गरेको हो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले फ्री किकमा उत्कृष्ठ गोल गर्दै नयाँ कीर्तिमान थप गरेका छन् । उनी लगातार सात विश्वकप खेलहरूमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् भने विश्वकपमा उनको गोल संख्या १९ पुगेको छ । उनलाई फ्रान्सका किलियन एम्बाप्पेले पछ्याइरहेका छन् उनको गोल संख्या १६ रहेको छ ।

जोर्डनले आफ्नो विश्वकप डेब्युमा प्रशंसनीय प्रदर्शन गर्‍यो, तर उनीहरू आफ्ना तीनवटै खेलबाट कुनै पनि अंक नलिई घर फर्किनेछन् ।