सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

यस दिन सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ थियो ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ कायम छ । सोमबार चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भएकोमा मंगलबार २५ रुपैयाँले गिरावट आएको हो ।

Skip This