
एजेन्सी । उत्तर–पश्चिम पाकिस्तानमा पाकिस्तानी वायुसेनाको एउटा प्रशिक्षण विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको सोमबार जारी गरिएको एक आधिकारिक विज्ञप्तिमा जनाइएको छ ।
गृहमन्त्री मोहसिन नकवीले हताहतीको पुष्टि गर्दै खैबर पख्तुनख्वा प्रान्तको मर्दान जिल्लामा विमान दुर्घटना हुँदा अन्य तीनजना घाइते भएको बताए ।
मृतक पाइलटहरूको पहिचान क्याप्टेन कासिम र क्याप्टेन तल्हाको रूपमा गरिएको छ ।









प्रतिक्रिया