
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारतको नयाँ दिल्ली पुगेका छन् ।
भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेका लामिछानेलाई पार्टीका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।
लामिछाने सोमबारदेखि शुक्रबारसम्म भारतमा रहनेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र भारतीय जनता पार्टीका बीच औपचारिक राजनीतिक संवाद आरम्भ गर्ने, संगठनात्मक अनुभव आदानप्रदान गर्ने र नेपाल भारत सम्बन्धलाई थप मजबुत बनाउने यस भ्रमणको उद्देश्य रहेको बताइएको छ ।





प्रतिक्रिया