
काठमाडौं । टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन् । उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।
उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
उनी भागेर विदेश गएपछि रेड नोटिस समेत जारी भएको थियो । उनलाई थाइल्याण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध गत साउनमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले प्रहरी वृत्त सातदोबाटोमा उजुरी गरेका थिए ।
अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो ।





प्रतिक्रिया