‘आर्थिक विधेयक २०८३’ अर्थ मन्त्रालयको वेबसाइटबाट गायब

1.2k
Shares

काठमाडौं । आर्थिक विधेयक २०८३ अर्थमन्त्रालयको वेबसाइटबाट गायब भएको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपश्चात आर्थिक विधेयक अर्थमन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको थियो ।

तर शनिबार दिउँसो सो विधेयक गायब बनाइएको छ ।

आर्थिक कानुन मेनुभित्र रहेको ‘आर्थिक ऐन, अध्यादेश र विधेयक’ भित्र पनि आर्थिक विधेयक भेटिँदैन ।

विधेयक शीर्षकभित्र जाँदा पनि त्यहाँ आर्थिक विधेयक २०८३ भेटिँदैन भने विधेयक सिधै खोज्दा (सर्च गर्दा) पनि भेटिँदैन ।

क्लिकमान्डुले विधेयक सार्वजनिक भएलगत्तै ‘आर्थिक विधेयकमा अर्थमन्त्री वाग्लेको गम्भीर छेडखानी, विवादित ईभी व्यापारीले अर्बौं तिर्नु नपर्ने गरी ‘कर नै गायब’ भन्ने शीर्षकमा एक्सक्लुसिभ समाचार लेखेको थियो ।

सो समाचारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय कारको करमा गम्भीर त्रुटि गरेको उल्लेख थियो ।