
काठमाडौं । सरकारले सबै प्रकारका वायुयान हवाईजहाजमा भ्याट यथावत् राखेको छ । आर्थिक वर्ष २०८०/८१ देखि लागेको मूल्य अभिवृद्धि कर (भ्याट) लगाएकै कारण अन्तर्राष्ट्रिय उडान गर्न चाहने नेपाली वायुसेवालाई प्रोत्साहन गर्न सकेन ।
वायुसेवा कम्पनीले आगामी आर्थिक वर्षदेखि भ्याट हट्ने अपेक्षा गरेका भए पनि सरकारले विदेशी वायुसेवालाई मात्रै प्रोत्साहन गरेको व्यवसायीको भनाइ छ । नेपाली वायुसेवालाई प्रोत्साहन नगरेको भन्दै यस आगामी वर्षबाटै वायुयानमा लाग्दै गरेको भ्याट हटाउन माग गरेका थिए ।
व्यवसायीले गरेको अपेक्षालाई सरकारले बेवास्ता गरेको कारण नेपाली वायुसेवाले विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेपालबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले जहाज खरिद गर्दा तिर्नुपर्ने भ्याट नै अधिक भएको र त्यसले उड्डयन क्षेत्रको विकास हुन नसकेको बुझाइ नेपाली वायुसेवा कम्पनीको छ ।





प्रतिक्रिया