
काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले अस्वभाविक रूपमा बजेटको आकार बढाएको टिप्पणी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले आगामी आर्थिक वर्षको बजेट सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै वाचाविपरित आएको बताए । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दलले जनमत प्रभावित गर्ने उद्देश्यले बजेटमार्फत वितरणमुखी कार्यक्रम अघि सारेको आरोप पनि उनले लगाए ।
पुराना दलविरुद्धको जनमत सधैं कायम नहुन सक्ने मनोविज्ञानका आधारमा वितरणमुखी बजेट ल्याइएको उनको आरोप छ । उनले मुलुकको दुई तिहाइ जनसंख्या निर्भर रहेको कृषि क्षेत्र सुधारका लागि उल्लेख्य कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाए। साथै युवालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेको दलले बजेटमा त्यसअनुसारका कार्यक्रम समावेश गर्न नसकेको आरोप लगाए ।
उनले बजेट अस्वभाविक रुपमा बढाएर ल्याइएको र यो वितरणमुखी देखिएको बताए । स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा सरकार र सत्तारुढ दलको मनोविज्ञान सधैं पुराना दलविरुद्धको जनमत नहुनसक्ने उल्लेख गर्दै उनले हामीले काम गर्नुपर्छ भनेर बजेट वितरण गरेको खण्डमा स्थानीय तहमा जनमत बनाउन सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिएको बताए ।
अर्को कुरा मुलुकको दुई तिहाइ जनसंख्या निर्भर रहेको कृषि क्षेत्रको सुधारको लागि उल्लेख्य कार्यक्रम नआएको उनले भनाइ थियो । युवाहरूलाई रोजगारी सिर्जनाको कुरा गरेर सत्तामा आएको पार्टीले कार्यक्रममा भने केही पनि ल्याउन नसकेको र अहिले ऋण लिएर घिउ खानेजस्तो बजेट आएको उनले बताए ।
बजेट रास्वपाको वाचाविपरित रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेट सरकारको घोषणाविपरित रहेको टिप्पणी गरे ।





प्रतिक्रिया