नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा चलाइने

175
Shares

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने भएको छ ।

यस्तो मोडलमा निगम सञ्चालन गर्ने घोषणा अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत गरेका हुन् ।

उनले निगमलाई कम्पनी मोडलमा सञ्चालनका लागि आवश्यक मोडल तयार पार्ने पनि घोषणा गरेका छन् । यसअघि सरकारले पटक पटक गिमलाई निजीकरण गर्ने र कम्पनी मोडलमा सञ्चालन घोषणा गरेपनि कार्यान्वयन भने हुन सकेको थिएन।