महावीर पुनको माग पूरा: विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १% बजेट

161
Shares

काठमाडौं । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत रकम प्रदान गर्ने घोषणा भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत रकम छुट्याइने घोषणा गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य महावीर पुनले यो विषय लामो समयदेखि उठाउँदै आएका थिए ।