
काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया सुरू गरेको हो ।
मन्त्रालयद्वारा जारी सूचना अनुसार प्रेस काउन्सिलको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार चयन गरी नियुक्त गरिनेछ । यसका लागि इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी जेठ १८ गते सोमबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
सरकारले अध्यक्ष चयनको प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन खुला आवेदन माग गरेको हो ।
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको आचारसंहिता अनुगमन र पत्रकारिताको मर्यादा कायम राख्ने काम गर्दै आएको छ । सोही निकायको नेतृत्वका लागि योग्य र दक्ष व्यक्तिको खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया