
काठमाडौं । व्यवसायी दीपक भट्टमाथि अनुसन्धान गर्न अदालतले १० दिन म्याद थप गरेको छ । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा भइरहेको अनुसन्धान गर्न विशेष अदालतले भट्टलाई थप १० दिन थुनामा राख्न अनुमति दिएको हो ।
गत चैत १९ गते सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न भन्दै भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नियन्त्रणमा लिएको थियो । त्यसयता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरी ४ पल्ट म्याद थप भइसकेकामा विशेष अदालतले पाचौंपल्ट १० दिन समय थपेको हो ।
उनीमाथि सम्पत्ति शुद्धीकरण सँगै धितोपत्र, बिमा र बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ ।
भट्टको नाममा करिब ३ अर्ब रुपैयाँ बराबरको सेयर उधारोमा खरिद भएको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको छ । ब्रोकर नं. ५५ भृकुटी स्टक ब्रोकिङमा टीएमएस खाता खोलेका भट्टको नाममा कोल्याटरल नै नहाली तथा पैसा नै नतिरी सेयर खरिद भएको देखिएपछि उनीविरुद्ध अनुसन्धान सोझिएको थियो ।





प्रतिक्रिया